राजनीति


चुनाव आउन १ साता बाँकी छँदा सिंगापुर उडे शेरबहादुर देउवा

चुनाव आउन १ साता बाँकी छँदा सिंगापुर उडे शेरबहादुर देउवा

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८२ बिहिबार १०:२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। 

स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। 

बुधबार राति ११: ३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट देउवा सिंगापुर गएका हुन्। 

पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा पार्टी राजनीतिमा पूर्णरूपमा निष्क्रिय छन्। 

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीमाथि बुढानिलकण्ठस्थित निवासमै कुटपिट भएको थियो। त्यतिबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए।

देउवाको गृहजिल्ला डडेल्धुराबाट यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। तर, देउवाले यसपटक आफ्ना उम्मेदवारलाई मत माग्नेतर्फ पनि चासो देखाएका छैनन्। 

उनी मतदान गर्न पनि जान्छन्, जाँदैनन् ठेगान छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad