राजनीति


निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ: पर्यवेक्षक संस्था

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ: पर्यवेक्षक संस्था

नेपालखबर
फागुन १६, २०८२ शनिबार १७:४२, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनका चार वटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), गैरसरकारी संस्था महासंघ नेपाल (गैसस) र निर्वाचन पर्यवेक्षक समिति नेपाल (ईओक)ले सिङ्गो देश निर्वाचन उत्सवका लागि तयार रहेको जनाएका हुन्।  चारै संस्थाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल र उम्मेदवारका तर्फबाट निर्वाचन प्रचार-प्रसार उल्लासपूर्ण रूपमा सञ्चालन भइरहेको छ।’

देश निर्वाचन उत्सवका लागि तयार भएसँगै मतदाता पनि देश-विदेशबाट आ-आफ्नो मतदान केन्द्र पुग्ने क्रम चलिरहेको जनाएका छन्। यससँगै पर्यवेक्षक संस्थाहरूले निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारस्तम्भ भएकाले यसलाई सफल तुल्याउन आह्वान गरेका छन्।

नियोकका अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटी, जियोक महासचिव कृष्णमान प्रधान, गैसस महासंघका अध्यक्ष अर्जुन भट्टराई र ईओक अध्यक्ष श्रीकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै जुटौँ, ऐतिहासिक निर्वाचन उत्सवलाई सफल पारौँ।’

उनीहरूले यही फागुन २१ मा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनु सबैको साझा जिम्मेवारी भएकाले उत्साहपूर्वक सहभागी हुन र आ–आफ्नो सहयोग पु¥याउन अपिल गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad