प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्व प्रधानमन्त्री माधव नेपालले सिमानामा काँडेतार लगाउन राखेको प्रस्तावलाई समर्थन गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मुख्यमन्त्री पोखरेलले सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भएपनि नेपाल भारत बीचको सिमानामा तारवार गर्नु आवश्यक रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्व प्रधानमन्त्री नेपालले सिमानामा घरिघरि समस्या आइरहेको भन्दै भारतीय सीमामा काँडेतार र पर्खाल लगाउनेसम्म पनि सरकार अगाडि बढ्नुपर्ने बताएका थिए।
नेता नेपालको प्रश्नः नेपाली नागरिक किन भारतविरोधी भइरहेका छन्, थाहा छ?
मुख्यमन्त्री पोखरेलले सोही प्रस्तावप्रति समर्थन गर्दै फेसबुकमा लेखेका छन्, ‘सामयिक र दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद।’
Shares
प्रतिक्रिया