राजनीति


सिरहाको गोलबजारमा झडप हुँदा चार जना घाइते

सिरहाको गोलबजारमा झडप हुँदा चार जना घाइते

नेपालखबर
फागुन २०, २०८२ बुधबार २२:१०, काठमाडौँ

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप हुँदा चार जना घाइते भएका छन्।

गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक दलबीच झडप भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

घटनामा घाइते भएकाको स्थानीय बर्दमान अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। जसपा नेपालका वडाध्यक्ष सोयब अन्सारी घाइते भएका हुन्। अन्य तीन जनाको नाम खुलेको छैन।

झडप नियन्त्रणमा लिन प्रहरी परिचालन भएको र थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad