राजनीति


ओखलढुङ्गाको मानेभञ्ज्याङमा मतदान बहिष्कार

ओखलढुङ्गाको मानेभञ्ज्याङमा मतदान बहिष्कार

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:१२, विराटनगर

ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूले निर्वाचनमा मतदान गर्न अस्वीकार गरेका छन्।

प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै आक्रोशित स्थानीयले सामूहिक रूपमा मतदान प्रक्रियामा सहभागी नभएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त वडामा रहेको एक मतदान केन्द्रमा रहेका कुल ७०१ जना मतदातामध्ये अहिलेसम्म कसैले पनि मत खसालेका छैनन्। स्थानीयले पहिले नै प्रदेश सरकारलाई अस्पताल बनाउने प्रयोजनका लागि १६५ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएका थिए।

तर, जग्गा सरकारको नाममा गइसके पनि लामो समयसम्म अस्पताल भवन निर्माणको कुनै पनि प्रक्रिया अगाडि नबढेपछि स्थानीयले यसपटक विरोध स्वरूप भोट नहाल्ने निर्णय लिएका हुन्।

‘आफ्नो मागप्रति सरकार उदासीन रहेको र काममा चरम ढिलाइ भएको भन्दै उनीहरूले मतदान केन्द्रमा उपस्थित हुन मानेका छैनन्। स्थानीय प्रशासनले मतदानका लागि आग्रह गरे तापनि स्थानीयले भने माग पूरा नभएसम्म मतदान नगर्ने अडान राखेको बुझिएको छ, ’ उनले भने।

जिल्लाका अन्य स्थानहरूमा भने मतदान कार्य शान्तिपूर्ण रूपमा सुचारु रहेको र ती स्थानको मतदान प्रतिशतको यकिन विवरण निर्वाचन कार्यालयबाट आउन बाँकी रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad