काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेलले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाका पोखरेलले १ हजार ४२४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२ मत पाएका छन्।
नेकपा (एमाले)का ईश्वर पोखरेल तेस्रो नम्बरमा छन्। उनले २८५ मत पाएका छन्।
बुढालिनकण्ठ नगरपालिका–६ बाट मतगणना सुरु गरिएको हो।
165
Shares

प्रतिक्रिया