राजनीति


सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा मत गणना जारी

सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा मत गणना जारी

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १२:४१, काठमाडौँ

सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। 

सर्लाही क्षेत्र नम्बार ४ को मतगणना शुक्रबार बिहान १०ः२० बजेदेखि  सुरु भएको हो।

गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.अमरेशकुमार सिंहलगायत प्रतिस्पर्धामा छन्।

 त्यसैगरि सर्लाहीको १ को मतगणना ईश्वरपुर नगरपालिका १ बाट मतगणना सुरु गरिएको हो। यहाँ लालबन्दी नगरपालिका १० चन्द्रपुरस्थित वडा कार्यालय भवनमा मतगणना सुरु गरिएको हो।

त्यसैगरि सर्लाही २ को मत गणनापनि शुक्रबार बिहान १० बजेदेखि जारी छ। 

मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा मतगणना सुरु भएको हो। सर्लाही २ मा एक लाख २५ हजार ३११ मतदातामध्ये ७८ हजार २०२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सर्लाही २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन महतोलगायत प्रतिस्पर्धामा रहेका छन्।

त्यसैगरि सर्लाही ३ को मतगणना शुक्रबार बिहान १०ः३५ बजेदेखि जारी छ। 

हरिवनस्थित नापी कार्यालयको सभा हलमा मतगणना सुरु भएको हो। सर्लाही ३ मा एक लाख ३४ हजार ४१२ मतदातामध्ये ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सर्लाही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह, नेकपाका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरि उप्रेती, नेपाली कांग्रेसका विनोद खनाललगायत प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad