प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बनिया निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका बनियाले २८ हजार ६६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का प्रमोदकुमार यादवले २० हजार २६२ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका आशुतोष मिश्रको १५ हजार ६१३ मत रहेको छ। त्यस्तै, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाको ३ हजार ४१० र जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवको २ हजार ७७ मत रहेको छ।
237
Shares

प्रतिक्रिया