राजनीति


निर्वाचन सम्पन्न भएलगत्तै मोदीको सन्देश– नेपालको लोकतान्त्रिक यात्रामा यो गर्वको क्षण

निर्वाचन सम्पन्न भएलगत्तै मोदीको सन्देश– नेपालको लोकतान्त्रिक यात्रामा यो गर्वको क्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
फागुन २३, २०८२ शनिबार १७:३३, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भर्खरै सम्पन्न निर्वाचनको सफलतापूर्वक र शान्तिपूर्ण समापन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लाग्दा नयाँ दिल्लीबाट आएको यो सन्देशलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री मोदीले आफ्ना नेपाली 'दिदीबहिनी र दाजुभाइहरू'ले लोकतान्त्रिक अधिकारको जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन्।

'यस ऐतिहासिक कोशेढुङ्गा नेपालको लोकतान्त्रिक यात्रामा एक गर्वको क्षण हो," मोदीले फेसबुकमा पोष्ट गरेको आफ्नो सन्देशमा भनेका छन्।

नेपालमा राजनीतिक स्थिरताको खोजी भइरहेका बेला मोदीको यो बधाई सन्देशले दुई देशबीचको 'साझा शान्ति र समृद्धि'को जनचाहनालाई पुनः स्मरण गराएको छ। नयाँ दिल्लीले काठमाडौँको नयाँ सत्ता समीकरणलाई नजिकबाट नियालिरहेको सन्दर्भमा मोदीले भारत सधैं नेपालको नजिकको साथी र छिमेकीका रूपमा रहने विश्वास दिलाएका छन्।

उनले अगाडि भनेका छन्, "एउटा नजिकको मित्र र छिमेकीका नाताले भारत नेपालका जनता र यहाँको नयाँ सरकारसँग मिलेर काम गर्न कटिबद्ध छ। हामी साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न दृढ छौँ।"

पछिल्ला वर्षहरूमा नेपाल र भारतबीच कनेक्टिभिटी, ऊर्जा व्यापार र विकास साझेदारीमा नयाँ आयामहरू थपिएका छन्। मोदीको यो पछिल्लो प्रतिबद्धताले नयाँ बन्ने सरकारसँगको सहकार्य अझ सघन हुने संकेत गरेको छ। काठमाडौँस्थित कूटनीतिक अधिकारीहरूका अनुसार, यो सन्देशले नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति भारतको समर्थन र आगामी सहकार्यको मार्गचित्रलाई स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad