राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोषिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी छन्।
निर्वाचन कार्यालयले शनिबार साँझ दिएको अन्तिम परिणाम अनुसार कार्कीले ४३ हजार ०६९ मत ल्याएर विजयी भइन। उनको यो जीत दोस्रो पटक हो।
सो क्षेत्रमा कांग्रेसका जितेन्द्र श्रेष्ठले ९०४५ मत पाए। नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ६ हजार ०२२ मत ल्याए।
कार्की अघिल्लो पटकको चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन। यसपटक उनले १२ हजार बढी मत पाएकी छन्।
42
Shares

प्रतिक्रिया