प्रतिनिधि सभाको निर्वाचनमा शनिबार राति साढे १२ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८० सिट जितेको छ भने ४२ सिटमा अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार, अहिलेसम्म १०३ सिटको नतिजा आइसकेको छ। जसमध्ये रास्वपाले कोसी प्रदेशमा १० सिट जितेको छ। त्यस्तै, ६ सिटमा अग्रता लिएको छ।
मधेस प्रदेशमा १५ सिट जितेको रास्वपाले १५ सिटमा अग्रता लिएको छ। काठमाडौँ उपत्यकाका सबै १५ सिटसहित रास्वपाले बागमती प्रदेशमा २३ सिट जितेको छ।
गण्डकी प्रदेशमा पनि रास्वपाले १२ सिट जितेको छ भने लुम्बिनी प्रदेशमा १३ सिट जितेको छ। यसैगरी कर्णालीमा १ सिट जितेको रास्वपाले सुदूरपश्चिम प्रदेशमा ६ सिट जितेको छ।
अहिलेसम्म रास्वपाले बागमतीका ७, गण्डकीका २, लुम्बिनीका ८ र सुदूरपश्चिमका ४ सिटमा अग्रता लिएको छ।
त्यस्तै, नेपाली कांग्रेसले १२, नेकपा (एमाले) ६, नेकपाले ४, राप्रपा १ र स्वतन्त्र १ सिटमा विजयी भएका छन्।
Shares

प्रतिक्रिया