प्रतिनिधि सभाको निर्वाचनमा मोरङ-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्की निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका कार्की ३६ हजार ९२४ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले २४ हजार २५४ मत प्राप्त गरेका छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९, नेकपा (एमाले)का इरनकुमार राईले ७ हजार ७५२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डा. देउमान सम्वाहाङफेले १ हजार २५९ मत प्राप्त गरेका छन्।
102
Shares

प्रतिक्रिया