सोलुखुम्बुमा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका प्रकाश सिंह कार्की निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।
राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै कार्की विजयी हुँदा तेस्रो स्थानमा रहेको एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्।
रास्वपाका ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका बीएसस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन्।
579
Shares

प्रतिक्रिया