सुदूरपश्चिम


दार्चुलामा कांग्रेससँग बदला लिँदै ठगुन्नाले फर्काए एमाले विरासत

दार्चुलामा कांग्रेससँग बदला लिँदै ठगुन्नाले फर्काए एमाले विरासत

नेपालखबर
फागुन २४, २०८२ आइतबार ७:५१, कञ्चनपुर

दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोपटक संसद् यात्रा तय गरेका हुन्। 

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार निर्वाचित ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरेका छन्। पराजित कांग्रेसका जोशीले १५ हजार ८३६ मत मात्रै पाए। 

रास्वपाका राजेश सिंह सामन्त ८ हजार ९३६ मतसहित तेस्रो स्थानमा रहे।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत प्राप्त गरेका छन्। एमालेका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री ठगुन्नाले दार्चुलाबाट तेस्रो पटक संसद यात्रा तय गरेका छन्।

यसअघि ०७० र ०७४ को चुनाव जितेका ठगुन्ना ०७९ मा भने कांग्रेसका दीलेन्द्रप्रसाद बडुसँग हारेका थिए। 

दार्चुलामा ठगुन्नाले २ पटक चुनाव हारेका छन्। ०७९ अघि ०६४ मा साविक माओवादीका लक्ष्मणदत्त जोशीसँग उनी पहिलोपटक पराजित भएका थिए। 

१८ वर्षअघि जितेका साबिक माओवादीका जोशी यसपटक चौथो स्थानमा सीमित रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad