राजनीति


आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?

आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?

नेपालखबर
फागुन २४, २०८२ आइतबार ८:१५, काठमाडौँ

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटना जाँचबुझ गर्न गठित आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबार) मा प्रतिवेदन पेस गर्ने सिंहदरबारमा पेस गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। 

‘आज प्रधानमन्त्रीज्यूले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्नुहुन्छ’, सल्लाहकार रावलले नेपालखबरसँग भने, ‘यसपछि लगत्तै प्रतिवेदन  मन्त्रिपरिषद्‌मा पेस गरिनेछ र अध्ययन गरेर कार्यान्वयनमा लगिनेछ।’

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने बताइरहेकी छन्। 

जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि कार्की नेतृत्वकझो अन्तरिम सरकारले गत असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो।

सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिए पनि आयोगले काम नसकेको भन्दै पटकपटक समय थपेको थियो।

तेस्रोपटक माघ २९ गते २५ दिन म्याद थप गरिएको थियो। आयोगले जाँचबुझको काम सके पनि निर्वाचन बिथोलिने डरले सरकारले नै चुनावपछिलाई धकेलेको थियो। 

जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

जाँचबुझ आयोगले जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad