राजनीति


समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान

समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान

नेपालखबर
चैत ५, २०८२ बिहिबार १२:२७, काठमाडौँ

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। 

बिहीबार निर्वाचित आयोगमा आयोजित कार्यक्रममा समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन्। 

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका थिए। 

प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जना सांसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै सम्बन्धित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाणपत्र दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad