संघीय संसद् सचिवालयले शपथका लागि उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको छ।
सचिवालयले आज सूचना जारी गर्दै यही चैत १२ गते दिनको २ बजे सिंददरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको हो।
‘निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको सक्कल प्रमाणप, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित निर्धारित समयभन्दा दुईघण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिको लागि सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदले तीन दिन अगावै त्यसको जानकारी गराउनु पर्ने संसद् सचिवालयले जनाएको छ।

96
Shares

प्रतिक्रिया