राजनीति


जेनजी आन्दोलनको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ: गगन थापा

जेनजी आन्दोलनको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ: गगन थापा

नेपालखबर
चैत १०, २०८२ मंगलबार १५:२२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन्। 

मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले छानबिन प्रतिवेदन सार्वजनिक गरी पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए।

‘गौरीबहादुर कार्कीज्यूको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन निर्वाचनभन्दा पहिले नै सार्वजनिक हुनुपर्थ्यो। यसबारेमा हामी सरकारको धारणा पनि माग गर्दछौँ,’ थापाले भने, ‘अहिले तत्काल सार्वजनिक हुनुपर्छ। प्रतिवेदन सार्वजनिक पनि होस् र त्यसको कार्यान्वयन पनि होस्।’

गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए। घटनाको सत्य अन्वेषण र न्याय निरुपणका लागि अब बन्ने सरकारले समेत पहलकदमी लिनुपर्ने उनको भनाइ थियो। 

‘२०८२ भदौ २३ र २४ गतेको नवयुवा विद्रोहको क्रममा भदौ २३ गतेको राज्यशक्तिको चरम दुरुपयोग र भदौ २४ गतेको हिंसा, निजी तथा सार्वजनिक सम्पतीको क्षतिको विवरण तथा मानवीय क्षतिसमेत भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरुको निष्पक्ष छानबिन, सत्य अन्वेषण र न्याय निरुपण हुनुपर्छ,’ थापाले भने, ‘घटनामा दोषीहरूलाई कानुनी कठघरामा उभ्याइ न्याय सुनिश्चित गर्नुपर्छ।’

उनले राज्यशक्तिको दुरुपयोग र हिंसा मच्चाउनेमाथि कारबाही नगरिए मुलुकले फेरि उही नियतीको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी पनि दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad