समाज


राशिफल ११ चैत: मिथुन विपक्षीको जालझेलबाट बच्नुपर्ने, कन्याको इच्छा पूर्ण हुने, तपाईँको भाग्य कस्तो?

राशिफल ११ चैत: मिथुन विपक्षीको जालझेलबाट बच्नुपर्ने, कन्याको इच्छा पूर्ण हुने, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
चैत ११, २०८२ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, ११ चैत २०८२ (२५ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ। धैर्य नै सफलता हो भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

वृष: बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। आर्थिक तथा सेयर कारोबारबाट राम्रै प्रतिफल मिल्नेछ। निर्णय क्षमतामा भने कमी आउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मिथुन: दिन मध्यम खालको रहनेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। प्रणय सम्बन्ध सामान्य रहनेछ। तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। व्यवस्था नै प्रगति हो भन्ने मन्त्रलाई ध्यान दिनुहोला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: शुभ कार्यको चर्चा चल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ। अतिथिको रूपमा सत्कार पाइनेछ। म चुपचाप मेहनत गर्छु भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: पारिवारिक सद्भाव बढ्नेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम जीवन सामान्य रहनेछ। बलियो आँटले नतिजानजिक पुर्‍याउनेछ भन्ने मन्त्रलाई मनन गर्नुहोला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या: इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। एकअर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। साझेदारीमा गरिने पेसा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: नजिकका व्यक्तिबाट काममा बाधा हुनेछ। सहकर्मीबाट विरोध आउला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। निर्णय कार्यान्वयन हुन नसक्ने देखिन्छ। स्फूर्ति र उमङ्गको कमी हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ३९, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: आँटेको कामबाट फाइदा मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ। नयाँ सोचले नयाँ ढोका खोल्छ भन्ने मन्त्रलाई ध्यान दिनुहोला।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मकर: लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नुपर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट लाभ रहला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: विचार र व्यवहारमा द्वन्द्व देखिन सक्छ। कामकाजमा अवरोध आउने सम्भावना छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। पुँजी बजारबाट नोक्सानी हुन सक्छ। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ। असफलता पनि सिकाइ हो भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मीन: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad