नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न निर्वाचनको परिणाम 'अनपेक्षित र अस्वाभाविक' भएको टिप्पणी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध चौतर्फी कुप्रचार भएको दाबी गरे।
अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताए। उनले एमालेलाई राजनीतिक वा तथ्यका आधारमा नभई असत्य, गालीगलौज र कुप्रचारका माध्यमबाट प्रहार गरिएको गुनासो गरे।
'हामी नराम्रो काम गरेर पछाडि पारिएका होइनौँ,' ओलीले सांसदहरूलाई सुनाउँदै भने, 'हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो। हाम्रो सभ्य शैलीले त्यसको मुकाबिला गर्न सकेन।
सामाजिक सञ्जालको प्रसंग
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न निर्देशन दिएका छन्। साथीहरूले सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको भन्दै उनले ती प्रवृत्ति सच्याउनुपर्नेमा जोड दिए।
'हामी आफैँले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्छ र बोल्नुपर्छ,' ओलीको भनाइ थियो, 'अहिलेको कुप्रचारलाई चिर्न तथ्यमा आधारित भएर प्रस्तुत हुन आवश्यक छ।'
Shares

प्रतिक्रिया