राजनीति


ओली पक्राउको विरोधमा एमालेका जनसंगठनले आज माइतीघरमा प्रदर्शन गर्ने

ओली पक्राउको विरोधमा एमालेका जनसंगठनले आज माइतीघरमा प्रदर्शन गर्ने

अध्यक्ष ओली पक्राउ परेपछि शनिबार बिहान बसेको एमाले सचिवालय बैठक


नेपालखबर
चैत १४, २०८२ शनिबार १३:२, काठमाडौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गिरफ्तार गरिएको विरोधमा नेकपा एमालेका जनसंगठनहरूले आज (शनिबार) काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने भएको छ।

नेकपा एमालेका सचिव महेश बस्नेतले अहिले दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूका तर्फबाट विरोध प्रदर्शन गरिने जानकारी दिएका हुन्। 

उनले भनेका छन्, ‘लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि हार्दिक आह्वान गर्दछु।’

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओलीलाई आज बिहानै भक्तपुरको गुन्डुस्थित निवासबाटै पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएपछि स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा लगिएका उनलाई त्यहीँ भर्ना गरिएको छ।

डाक्टरले निगरानीमा राख्नुपर्छ भनेकाले पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालमै भर्ना गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले बताए। 

ओली पक्राउ परेपछि शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले यसविरुद्ध कानुनी र राजनीतिक कदम चाल्ने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad