राजनीति


ओली र लेखकका बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न तोकिए छुट्टाछुट्टै इजलास

ओली र लेखकका बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न तोकिए छुट्टाछुट्टै इजलास

नेपालखबर
चैत १६, २०८२ सोमबार ११:४१, काठमाडौँ

पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकका बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न आज (सोमबार) सर्वोच्च अदालतले छुट्टाछुट्टै इजलास तोकेको छ। 

एमाले अध्यक्ष ओलीको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको हो भने यस्तै कांग्रेस नेता लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा गत शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्यले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखककी पनि पत्नी यशोदाले रिहाइका लागि निवेदन दिएकी हुन्।

स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमै राखिएको छ भने लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

आइतबार मात्र काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार लेखकलाई अदालतमै उपस्थित गराएको थियो भने ओली त्रिवि अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए। 

उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अदालतमा उपस्थित गराउन नसकिने सुझाव दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad