राजनीति


संसद् सचिवालयमा सर्वदलीय बैठक

संसद् सचिवालयमा सर्वदलीय बैठक

नेपालखबर
चैत १८, २०८२ बुधबार १३:४१, काठमाडौँ

संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी रहेको छ। 

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बैठक बसिरहेको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यक्षमा बैठक जारी रहेको जनाइएको छ। 

सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सहभागी रहेका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रकाशचन्द्र परियार सहभागी छन्। 

नेपाली कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, नेकपा (एमाले)बाट गणेश ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट खुश्बु ओली तथा श्रम संस्कृति पार्टीबाट आरेन राई सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad