राजनीति


सानेपामा स्कुटरमा सवार महिलाको दुर्घटनामा मृत्यु भएपछि चालक पक्राउ

सानेपामा स्कुटरमा सवार महिलाको दुर्घटनामा मृत्यु भएपछि चालक पक्राउ

नेपालखबर
चैत १९, २०८२ बिहिबार १४:२२, काठमाडौँ

ललितपुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। 

ललितपुर महानगरपालिका-२ सानेपा हाइटमा ना.८ ख ५१४ नम्बरको ट्रकले प्रदेश ३-०२-००२ प ७२५३ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा महिलाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्कुटरमा सवार ललितपुरकै गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ५९ वर्षीया केशरी माया तामाङ छिन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्रक र स्कुटर चालकलाई नियन्त्रणमा लिए दुर्घटनाका सम्बन्धममा आवश्यक अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad