राजनीति


गाउँसम्म पुग्न कांग्रेसको ‘जरा अभियान’, यी चार विषय समेटिने

गाउँसम्म पुग्न कांग्रेसको ‘जरा अभियान’, यी चार विषय समेटिने

नेपालखबर
चैत २१, २०८२ शनिबार १८:६, काठमाडौँ

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएर देशका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। 

आइतबारदेखि सुरु हुने अभियानमा केन्द्रीय प्रतिनिधिले चार वटा विषय समेटेर गतिविधि सञ्चालन गर्ने भएका छन्। देशका ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई ‘जरा अभियान’ सफल बनाउन अभिमुखकीरण पनि गरिएको छ। 

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित अभिमुखकीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारी सँगसँगै पार्टी सुदृढिकरणका लागि ‘जरा अभियान’ सुरु गरिएको बताए। यो अभियानमा चार वटा मुख्य विषय समेटिएको उनले जानकारी दिए। 

महामन्त्री पौडेलका अनुसार, चार वटा विषयमा १५औँ महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने रहेका छन्। महाधिवेशन तयारी र सांगठनिक सुदृढीकरण अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गरिनेछ भने नयाँ सदस्यता प्रदान गरिनेछ। यसका लागि आउँदो वैशाखसम्मको समय तोकिएको छ। 

त्यस्तै, केन्द्रीय प्रतिनिधिले गत फागुन २१ को प्रतिनिधि सभामा बेहोरेको हारबारे पनि छलफल गर्नेछन्। कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तासँगै आमनागरिक र बुद्धिजीविसँग छलफल गर्ने जनाइएको छ। 

केन्द्रमा सभापति गगन थापाले बुद्धिजीविसँग छलफल र अन्तरक्रिया गर्नेछन् भने जिल्लास्तरमा केन्द्रीय प्रतिनिधिले अन्तरक्रिया र छलफल गर्ने तय गरिएको छ। 

यससँगै ‘जरा अभियान’ अन्तर्गत कांग्रेसलाई सामाजिक गतिविधिमा जोड्ने योजना छ। यसमा वडादेखि केन्द्रसम्म नेता तथा कार्यकर्तालाई सामाजिक क्रियाकलापमा सहभागी गराइने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad