नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई चयन गरेको छ।
आइतबार सुवेदीले संसदीय दलको नेताको जिम्मेवारी पाएका हुन्।
यसअघि राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता बेदुराम भुसाल थिए। उनी ६ वर्षे कार्यकाल पुरा भएर बिदाइ भएसँगै नेकपाले सुवेदीलाई जिम्मेवारी दिएको हो।
बेदुरामअघि नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेता थिए।
उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि भुसाल नेता चयन भएका थिए। राष्ट्रिय सभामा नेकपाका १८ जना सांसद छन्।
555
Shares

प्रतिक्रिया