राजनीति


चिनियाँ राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए बेइजिङको शुभकामना सन्देश

चिनियाँ राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए बेइजिङको शुभकामना सन्देश

नेपालखबर
चैत २४, २०८२ मंगलबार १२:३६, काठमाडौँ

नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

मंगलबार चिनियाँ राजदूत झाङले परराष्ट्रमन्त्री खनाललाई भेटेर चीनको शुभकामना सन्देश दिएका छन्। राजदूत झाङले नेपालको परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा चिनियाँ परराष्ट्रमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्। 

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनाल र राजदूत झाङबीच नेपाल र चीनको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। त्यससँगै दुई देशको आपसी हितका लागि सहयोग अभिवृद्धि गर्ने लगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad