राजनीति


प्रधानमन्त्रीले गरे मर्यादाक्रम हेरफेर, तेस्रोमा आए शिशिर, पाँचौँमा पुगे सुधन

प्रधानमन्त्रीले गरे मर्यादाक्रम हेरफेर, तेस्रोमा आए शिशिर, पाँचौँमा पुगे सुधन

नेपालखबर
चैत २४, २०८२ मंगलबार १२:४१, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। 

मंगलबार प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरेको जनाइएको छ। 

मन्त्रिपरिषद्को मर्यादाक्रममा दोस्रो नम्बरमा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन्। यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ नम्बरमा झारिएको छ। त्यस्तै, चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा ल्याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad