राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो। रास्वपाका महामन्त्री समेत रहेका बुर्लाकोटी प्रतिनिधि सभाको निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका हुन्।
त्यस्तै, रास्वपाले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ। परियार र धिताल रास्वपाका केन्द्रीय सदस्य हुन्। दुवै जना समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका हुन्।
144
Shares

प्रतिक्रिया