राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन्।
वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो। यहि अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेश हुनेछ।
सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
186
Shares

प्रतिक्रिया