श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सुदन किरातीलाई पार्टीमा कुन पद दिने भन्ने विषयमा आधिकारिक निर्णय भइनसकेको बताएका छन्।
श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका साम्पाङले बिहीबार सामाजिक सञ्जालमा लेख्दै पदका विषयमा सुदनसँग मौखिम संवाद मात्र भएको जानकारी दिएका हुन्।
'सुदन किरातीज्यूलाई कुन पद दिने भन्नेबारेमा कुनै आधिकारिक निर्णय भएको छैन। मौखिक संवादसम्म भएको हो', उनले लेखेका छन्, 'एस ओर नोको अवस्था छैन। अफवाह फैलाउन र मिडिया ट्रायल गर्न छोडौँ।'
सुदन किराती गत बुधबार मात्र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका हुन्।
171
Shares

प्रतिक्रिया