संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२ ले सरोकारवालासँग छलफल जारी राखेको छ।
मंगलबार कार्यदलले वरिष्ठ अधिवक्ता तथा अधिवक्तासँग छलफल गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यदलले सोमबार संविधानविद्सँग छलफल गरेको थियो। मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णय बमोजिम यो परामर्श प्रक्रिया अघि बढाएको हो।
कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट संकलित सुझावका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा सरकारले कार्यदलले गरेको थियो।
33
Shares

प्रतिक्रिया