सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि व्यापक विरोध भइरहेको छ।
झन्डै दुईतिहाइ बहुमतको सरकारले पनि पूर्व ओली सरकारकै पारा देखाएको भन्दै टिकाटिप्पणी भइरहेको छ।
यसै क्रममा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसद् विघटन र अध्यादेश नेपालको संसदीय इतिहासमा सबैभन्दा विरोध भएको विषय भएको कुरा वर्तमान सरकारलाई स्मरण गराएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद् विघटन र अध्यादेश नेपालको संसदीय इतिहासमा जनस्तरबाट सबैभन्दा धेरै विरोध भएका विषय हुन्। कर्ताले राम्रो परिणाम पनि प्राप्त गरेका छैनन् है। कुरा बुझौँ।’
147
Shares

प्रतिक्रिया