राजनीति


ट्रम्पको मानसिक स्वास्थ्यमा प्रश्न उठाएपछि सांसद र रक्षामन्त्रीबिच चर्काचर्की

ट्रम्पको मानसिक स्वास्थ्यमा प्रश्न उठाएपछि सांसद र रक्षामन्त्रीबिच चर्काचर्की

डेमोक्र्याट सांसद सारा ज्याकब्स र रक्षामन्त्री पिट हेग्सेथ (फाइल फोटो)


नेपालखबर
बैशाख १७, २०८३ बिहिबार ९:४२, काठमाडौँ

अमेरिकाको 'हाउस आर्म्ड सर्भिसेज कमिटी'मा सुनुवाइका क्रममा एकजना डेमोक्र्याट सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्यमा प्रश्न उठाएकी छन्। 

जुन प्रश्नले डेमोक्र्याट सांसद सारा ज्याकब्स र रक्षामन्त्री पिट हेग्सेथबिच चर्काचर्की परेको बीबीसीले जनाएको छ।

सारा ज्याकब्सले ट्रम्पले हालै ट्रुथ सोसलमा गरेका पोस्ट उद्धृत गर्दै उनको भाषाको आलोचना गरिन्।

उनको पछाडि उभिएकी एक सहायकले ट्रम्पका पोस्टका कटआउट देखाइन्, जसमा ट्रम्पले आफूलाई येसुजस्तो व्यक्तिका रूपमा चित्रण गरिएको तर हाल मेटाइएको एआई पोस्ट पनि थियो। 

अनि सांसद सारा ज्याकब्सले रक्षामन्त्री पिट हेग्सेथलाई सोधिन्, ‘तपाईंलाई लाग्छ- राष्ट्रपति (ट्रम्प) कमान्डर-इन-चिफका रूपमा काम गर्न सक्ने गरी मानसिक रूपमा स्थिर छन्?’

हेग्सेथले जवाफ दिए, ‘तपाईंले यो प्रश्न जो बाइडेनलाई चार वर्षसम्म कहिले गर्नुभयो?’

उनले थपे, ‘गर्नुभएन र म तपाईंले कमान्डर-इन-चिफका विषयमा गरिरहेको टिप्पणीको स्तरमा पनि जान चाहन्नँ...तपाईंले सोध्नुभयो- जब तपाईं र तपाईंका साथी डेमोक्र्याटहरूले जो बाइडेनको बचाउ गरे, जो राम्रोसँग बोल्न पनि सक्दैनथे?’

ज्याकब्सले जवाफ दिइन्, ‘२०२४ को चुनावमा बाइडेन राष्ट्रपति पदका उम्मेदवार थिएनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad