नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक सुरु भएको छ। बालुवाटारस्थित ओपेरा होटलमा बिहीबार बिहान ८ बजेदेखि बैठक भइरहेको कोइरालाको सचिवालयले जनाएको छ।
बैठकमा निवर्तमान केन्द्रीय सदस्य, सांसद, पूर्वसांसदहरू, जिल्ला सभापति, पूर्वजिल्ला सभापति, क्षेत्रीय सभापतिहरू सहभागी छन्।
सभापति गगन थापा र पूर्णबहादुर खड्का समूहमा नलागेका नेताहरू समेट्ने कोइरालाको तयारी देखिन्छ। बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए।
विशेष महाधिवेशन अस्वीकार गरेको खड्का र कोइराला समूह आन्तरिक रुपमा छलफल गरिरहेको छ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट पनि वैधता पाएपछि कांग्रेसमा खड्का र कोइराला समूह अस्तित्व रक्षाको लडाइमा छन्।
सभापति थापाले समूहगत रुपमा पार्टीमा समाहित नगराउने संकेत गरेपछि खड्का र कोइराला समूहले गुटगत भेला गरेर दबाब बढाइ राखेको देखिन्छ।
Shares

प्रतिक्रिया