राजनीति


शेखर समूहले भन्यो- पार्टी एक बनाउने सभापति थापाकै जिम्मेवारी

शेखर समूहले भन्यो- पार्टी एक बनाउने सभापति थापाकै जिम्मेवारी

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १५:६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनले पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेको छ।

बिहीबार बिहान बालुवाटारस्थित ओपेरा होटलमा भएको बागमती प्रदेशस्तरीय भेलाबाट कोइराला समूहले यस्तो निष्कर्ष निकालेका हो। छलफलमा सहभागी नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताए। 

पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति गगन थापाकै रहेको उनीहरूको भनाइ थियो। छलफलमा सहभागी नेताहरूले देश र पार्टीको पछिल्लो परिस्थितिबारे नेता कोइरालालाई सुझाव दिएका छन्। छलफलमा सहभागीहरूले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नविकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने धारणा राखेका थिए। अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क थियो। 

कोइरालाका सचिवालयका अनुसार छलफलमा नेताहरू डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिव हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव र गणेश लामा सहभागी थिए। 

त्यस्तै, सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत र चितवन सभापति राजेश्वर खनाल भेलामा सहभागी भएको कोइरालाको सचिवालयले जनाएको छ।

यसैगरी, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौँ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसदद्वय रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पूर्व सांसद नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्वकेन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाललगायत १२३ जनाको सहभागिता थियो। 

यता वैशाख १५ र १६ गते बसेको खड्का समूहको बैठकले पनि विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad