राजनीति


‘सरकारले सुकुम्बासीलाई आतंकित बनायो’

‘सरकारले सुकुम्बासीलाई आतंकित बनायो’

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १७:५३, काठमाडौँ

सरकारले आम सुकुम्बासीलाई आतंकित बनाएको भन्दै अखिल नेपाल सुकुम्बासी संघले आपत्ति जनाएको छ। 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध सो संघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनम गरी सुकुम्बासीहरूलाई आतंकित बनाउने काम गरेको भन्दै सुकुम्बासी बस्ती हटाउने सरकारको कदमप्रति आक्रोश व्यक्त गरेको हो। 

खान र बस्न पाउने आम नागरिकको मौलिक हकको समेत धज्जी उडाउने गरी सरकारले सुकुम्बासी बस्ती हटाउने काम गरेकाले त्यसको विरोध गर्नुपरेको संघका अध्यक्ष अमर परियारले बताए। उनले सरकारको सो कदमको विरोधमा आफूहरूले देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिए। 

अध्यक्ष परियारले भने,‘अहिले देशमा एउटा आतंक मच्चिएको छ। सो आतंक अहिले देशव्यापी रुमपा छ। त्यो आतंक यति भयानक र भयभीत छ कि मानिसहरू घरबाट निस्कन डराउनुपर्ने, पत्रकार सम्मेलनमा आउन पनि डराउनुपर्ने विक्षिप्त हुनुपर्ने स्थिति सिर्जना गरिएको छ।’

उनले थपे, ‘हाम्रो देशको संविधानले भूमिसुधारको हक दिएको छ। सबै नेपालीलाई आवासको हक हुनेछ भन्ने कुरा संविधानमा नै उल्लेख गरिएको छ। यो हकलाई वञ्चित नगरिने पनि भनिएको छ। भूमिहीन दलितलाई एक पटकका लागि आवाससहित भूमिको व्यवस्था गर्ने संविधानमा व्यवस्था गरिएको छ। तर सरकारले संविधान र कानून विपरित उनीहरुको बस्ती नै हटाउने काम गरेर उनीहरूलाई आतंकित बनाउने काम गरिराखेको छ।’

पत्रकार सम्मेलनमा बस्तीबाट हटाइएका सुकुम्बासीहरूलाई सरकारले होल्डिङ सेन्टरमा राखेपनि उचित व्यवस्था नहुँदा उनीहरूले पीडा भोग्नु परेको पनि बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad