राजनीति


राष्ट्रपतिले सोधे- मैले पटकपटक फिर्ता पठाएको अध्यादेश पनि छन्, जारी गर्दा के हुन्छ?

राष्ट्रपतिले सोधे- मैले पटकपटक फिर्ता पठाएको अध्यादेश पनि छन्, जारी गर्दा के हुन्छ?

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १९:४१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आफूले पटकपटक फिर्ता पठाएको अध्यादेश पनि आएकाले जारी गर्दा के हुन्छ भनेर कानुनविद्सँग सुझाव मागेका छन्। 

राष्ट्रपतिको कार्यालयले शीतल निवासमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी कानुनविद्का अनुसार, राष्ट्रपति पौडेलले छलफलको सुरुवातमै कानुनविद्लाई अध्यादेशबारे जानकारी गराएका थिए। 

एकैपटक ६ वटा अध्यादेश आएकाले छलफल आवश्यक परेको बताउँदै राष्ट्रपतिले सोधेका थिए, ‘कतिपय अध्यादेश मैले फकाईदिएको पनि विषय आए। जारी गर्दा के हुन्छ?’

कानुनविदले संविधानको परिधिभित्र रहेर राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्न सुझाव दिएका थिए। राष्ट्रपतिलाई दिएको सुझाव उद्धृत गर्दै एक कानुनविदले भने,  ‘संविधानको भावना पनि नमरोस्, संविधानको संरक्षण गर्ने र पालना गर्ने तपाईँको दायित्व पनि निर्वाह होस्।’

त्यस्तै, कानुनविदले सरकारले संवैधानिक अधिकार खोसिने गरी काम गरेरमा त्यसमा राष्ट्रपतिले भूमिका खेल्नुपर्ने सझुाव दिएका थिए। ‘संवैधानिक अधिकार खोसिने, जनताको अधिकारमा नियन्त्रण गर्ने खालको काम सरकारबाट हुन लाग्यो भने त्यसमा तपाईँको संवैधानिक भूमिका जे हुन्छ, त्यो निर्वाह गर्नसक्नुहुन्छ,’ राष्टपतिलाई दिएको सुझाव उधृत गर्दै अर्का कानुनविद्ले भने।

कानुनविद्को सुझावपछि राष्ट्रपतिले बोलेका थिए। उनले आफू संविधानबारे सजग रहेको बताएका थिए। ‘राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्न म कटिबद्ध छु,’ राष्ट्रपतिले भनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad