राजनीति


राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबिच शीतल निवासमा १ घण्टा वार्ता

राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबिच शीतल निवासमा १ घण्टा वार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे (फाइल फोटो)


नेपालखबर
बैशाख १९, २०८३ शनिबार १३:०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आङ्देम्बेकाे सचिवालयका अनुसार शनिबार बिहान उनले शीतल निवास पुगेर राष्ट्रपतिसँग संवाद गरेका हुन्।

उनीहरूबिच समसममयिक राजनीतिक विषयमा करिब १ घण्टा कुराकानी भएको आङ्देम्बेकाे सचिवालयले जनाएको छ। 

‘त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका छन्’, आङ्देम्बेको सचिवालयले नेपालखबरसँग भन्यो। 

सरकारले एकपछि अर्को अध्यादेश ल्याएपछि विपक्षी दलहरू विरोधमा छन्। 

सरकारले सिफारिस गरेका अध्यादेशमध्ये राष्ट्रपति पौडेलले शुक्रबारसम्म तीनवटा जारी गरिसकेका छन्। 

राष्ट्रपति पौडेलले पछिल्लोपटक शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। 

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए। 

अझै राष्ट्रपतिको कार्यालयमा पाँच वटा अध्यादेश छन्। सरकारले आठ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad