रास्वपा सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको कारण बुझ्नै बाँकी रहेको बताएका छन्।
आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिले बुझ्नै बाँकी रहेको बताएका हुन्।
‘मैले बुझ्दैछु। बुझ्नुपर्ला। के भन्नुभएको छ। त्यसमा बुझौंला। बुझेपछि मात्रै भनौंला,’ उनले भने, ‘केही न केही त कारण राख्नुभएको होला, म बुझेर मात्रै प्रतिक्रिया दिन्छु।’
राष्ट्रपति रामचन्द्र पौडेलले आज पुनर्विचार गर्नू भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अध्यादेश फिर्ता गरिदिएका थिए।
अध्यादेशमा बहुमतको व्यवस्था व्याख्यासहित राखिएको भएपनि फिर्ताका विषयमा बाँकी विषय बुझेर मात्रै प्रतिक्रिया दिने सभापति लामिछानेको भनाइ थियो।
1.3k
Shares

प्रतिक्रिया