राजनीति


सभामुख र ६ दलका प्रमुख सचेतकबीच छलफल, बजेट अधिवेशनको तयारी

सभामुख र ६ दलका प्रमुख सचेतकबीच छलफल, बजेट अधिवेशनको तयारी

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १७:४०, काठमाडौँ

सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसँग सोमबार छलफल गरेका छन्। प्रतिनिधिसभामा श्रम संस्कृति सहित ६ पार्टी छन्।

प्रमुख सचेतकहरुसँग संसद अधिवेशन प्रक्रिया र बैठक सञ्चालन हुँदा सांसदको भूमिकासहितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतकसँग सभामुखले छलफल गरेका हुन्।

बजेट अधिवेशन सुरु हुने समय नजिक आइरहँदा सभामुखले यो छलफल गरेका हुन्। आगामी जेठ १५ मा सरकारले संसदमा बजेट प्रस्तुत गर्नैैपर्छ। ढिलो गरे पनि त्योभन्दा केही दिन अगाडि संसद अधिवेशन सुरु गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad