राजनीति


राज्य आतंकले न्यूनतम मानवीय समवेदनाको खिल्ली उडायो: जसपा

राज्य आतंकले न्यूनतम मानवीय समवेदनाको खिल्ली उडायो: जसपा

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १७:५९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)ले सुकुम्वासी बस्तीमा सरकारको डोजर लगाउने कार्यलाई ‘राज्य आंतक’ भनेको छ। 

जसपा केन्द्रीय समिति बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै ‘राज्य आतंक’ भनेको हो। बैठकले हाल काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीको घरबस्तीका डोजर लगाएर खाली गराएकोप्रति खेद प्रकट गरेको छ। 

‘राज्य आतंक नै सिर्जना गरी नागरिकलाई बेघरबार बनाउने उपक्रम देशव्यापी रुपमा सुरु हुँदै जाँदा यसले गम्भीर मानवीय र सामाजिक संकट निम्त्याउन सक्ने खतरा देखिएको छ,’ जसपाले भनेको छ, ‘सरकारले जसरी दशकौँदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बस्तीमा घर खाली गरी डेरा सार्न पनि नपाउने गरी डोज आतंक सिर्जना गरी हजारौँ परिवारको विचल्ली बनाइदिएको छ, त्यसले भने न्यूनतम मानवीय समवेदनाको पनि खिल्ली उडाएको अनुभूति भएको छ।’

सरकारलाई अव्यवस्थित बासबोसलाई व्यवस्थित गर्दै प्रभावकारी छानबिनमार्फत वास्तविक घरबारबिहीन भूमिहीन नागरिकको तत्काल सुरक्षित, मर्यादित एवं सुविधायुक्त बसोबासको सुनिश्चितताका लागि सरकारसँग माग गरेको छ।

अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा ललितपुरको कुपण्डोलमा दुई दिनसम्म चलेको बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको हो। बैठकले सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन गर्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र अभ्यासलाई खण्डिकृत गरेको जनाएको छ।

सरकारलाई पूर्ण लोकतान्त्रिक आचरण र चरित्रसहित विधिको शासन अनुरुप जिम्मेवार र जवाफदेही बनी राज्य सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad