नेपालमा भ्रमणमा रहेका जर्मनीका विशेष दूत एक्केहार्ड ब्रोजले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।
मंगलबार परराष्ट्र मन्त्रालयमा खनाल र विशेष दूत ब्रोजबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल र जर्मनीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्तामा विशेष दूत ब्रोजसँगै नेपालका लागि जर्मनीका राजदूत युडो भुजेन भोल्ज र जर्मनीको संघीय विदेश मन्त्रालयको भारत तथा दक्षिण एसिया महाशाखाका नवनियुक्त प्रमुख स्टेफेन नोर्बर्ट कोख उपस्थित रहेका थिए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि नेपालको भ्रमण गरेका थिए। तीन दिने भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री खनाललगायत उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहसँग भनेको उनको भेटवार्ता हुन सकेको थिएन।
Shares

प्रतिक्रिया