राजनीति


ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन

ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १९:२८, काठमाडौँ

सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गरी कर्मचारीलाई दरबन्दी अनुसारको जिम्मेवारीमा खटाउन परिपत्र गरेको छ। 

मंगलबार संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवाल र निकायलाई परिपत्र गरेको छ। प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका शाखा अधिकृत विवेक विडारील्े पठाएको पत्रमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी भएसँगै निजामती सेवा ऐन, २०४९ को दफा ५३ खारेज भएको जनाइएको छ। जुन दफामा ट्रेड युनियनसम्बन्धी व्यवस्था रहेको थियो। 

मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्न भनेको छ। यससँगै ट्रेड युनियन र त्यसमा आवद्ध कर्मचारुीले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधान लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्तिको उपयोग गरेको भए फिर्ता लिन भनिएको छ। 

यससँगै ट्रेड युनियनको नेतृत्वमा रहेका कर्मचारीलाई पनि तोकिएको दरबन्दी अनुसार काममा खटाउन निर्देशन दिइएको छ। ‘ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आवद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनुहुन मिति २०८३ वैशाख २२ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad