राजनीति


संघीय संसद् सचिवालयले जारी गर्‍यो संसद् बैठकको सूचना

संघीय संसद् सचिवालयले जारी गर्‍यो संसद् बैठकको सूचना

फाइल फोटो


नेपालखबर
बैशाख २३, २०८३ बुधबार ११:४४, काठमाडौँ

संघीय संसद् सचिवालयले सांसदहरूलाई बैठकमा उपस्थितिको लागि सूचित गरेको छ। 

संसद् सचिवालयका महासचिव पद्‍मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूलाई संंघीय संसद्को अधिवेशन आह्वान भएको जानकारी गराएका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारका आह्वान गरेका छन्। 

मंगलबार राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेपछि साेही अनुसार संसद् सचिवालयले पनि सांसदहरूलाई बैठकमा उपस्थित हुनको लागि सूचित गरेको हो।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले मंगलबार संसद् अधिवेशन आह्वान गरेका हुन्।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। यहि अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad