राजनीति


अमेरिकी दूतावासले नेपालभर ‘गोल ! युएसए’ प्रतियोगिता गर्ने

अमेरिकी दूतावासले नेपालभर ‘गोल ! युएसए’ प्रतियोगिता गर्ने

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १७:२६, काठमाडौँ

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको स्वतन्त्रताको २५०औँ वर्ष तथा आसन्न फिफा विश्वकप २०२६ को अवसर नेपालभरि 'गोल ! युएसए' फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

यो पटकको फिफा विश्व कपमा ४८ टोली सहभागी हुँदैछन्। अमेरिका, क्यानडा तथा मेक्सिको गरी तीन देश सहआयोजक रहने पहिलो विश्व कप हुनेछ।
एक्सट्रिम एनर्जी ड्रिङ्कसँगको सहकार्यमा अमेरिकी दूतावासले देशव्यापी 'गोल युएस' प्रतियोगिता गराउन लागेको हो।

सहभागीहरूले ग्राण्ड फिनाले कार्यक्रमसम्म पुग्ने र राष्ट्रिय स्तरका फुटबल खेलाडी तथा सेलेब्रिटीहरूका साथमा खेल्ने अवसर पाउनेछन्। साथै फुटबलसँग सम्बन्धित सीपहरूमा आधारित चुनौतीहरूको शृङ्खलामा प्रतिस्पर्धा गर्नेछन्।

'फास्टेस्ट सट', 'ड्रिबल मेज',  'क्रसबार च्यालेन्ज' तथा 'फ्रिस्टाइल डेमो' विधामा प्रतिस्पर्धाहरू हुनेछन्। 

दूतावासका अनुसार कार्यक्रममा सहभागी हुन पैसा तिर्नुपर्ने छैन। पहिलो खेल वैशाख २५ मा विराट स्पोर्टस जोन फुटसल विराटनगरमा हुनेछ। दोस्रो जेठ २ मा डीआरएस स्पोर्टस हब सुर्खेतमा हुनेछ। जेठ ९ गते भैरहवाको सनराइज स्पोर्टस फुटसल र जेठ २२ गते पोखराको एबीसी फुटसलमा प्रतियोगिता हुनेछ।

प्रत्येक सहरबाट एक जना उत्कृष्ट सहभागी छनौट भई ग्रान्ड फिनालेमा सहभागी हुनेछन्। जेठ २९ मा एन्फा मैदानमा सेलेब्रिटी म्याच हुनेछ।

विजेताहरूले ग्रान्ड फिनालेमा सेलेब्रिटी तथा राष्ट्रिय स्तरका फुटबल खेलाडीहरूका साथमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्। सबै कार्यक्रमका लागि दर्ता प्रत्येक कार्यक्रमस्थलमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गरिने दूतावसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad