राजनीति


अनलाइनबाटै कांग्रेसको सदस्यता अद्यावधिक, समस्या आए ‘एआई साथी’ले सुल्झाउने

अनलाइनबाटै कांग्रेसको सदस्यता अद्यावधिक, समस्या आए ‘एआई साथी’ले सुल्झाउने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १४:३५, काठमाडौँ

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अनलाइनबाटै गर्न मिल्ने भएको छ। 

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको पार्टीको सदस्यता व्यवस्थापन समितिले अनलाइनबाटै क्रियाशील सदस्यता अद्यावधिक गर्न मिल्ने गरी व्यवस्था मिलाएको हो। क्रियाशील सदस्यता अध्यावधिक गर्न मोबाइल वा कम्प्युटरबाट लिंक खोलेर फाराम भरेपछि सम्बन्धित वडा सभापतिको प्रणालीमा विवरण पुग्ने बनाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

वडा सभापतिले सम्बन्धित आवेदनदर्ताको मोबाइल नम्बरमा ओटीपीमार्फत प्रमाणीकरण गरेपछि सहज रूपमा क्रियाशील सदस्यता अध्यावधिक हुनेछ। देशभरका सबै वडामा क्रियाशील अद्यावधिकको काम चलिरहेको कांग्रेसले जनाएको छ। 

क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि कांग्रेसले आजबाट एआई कलसेन्टर पनि सञ्चालनमा ल्याएको छ। 

कांग्रेसले फोन नं. ९७०१२५५५५५ मा सम्पर्क गरी ‘एआई साथी’सँग प्रत्यक्ष कुराकानी गर्न सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। एआई साथीले हप्ताको सातै दिन र दिनको चौबिसै घण्टा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा आउने समस्या, जिज्ञासा र सुझावहरू सुन्नेछ र तत्काल संग्रहित गरि आवश्यक समाधान प्रदान गर्नेछ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रहेको डिजिटल सपोर्ट टीम (९७१२०५६३५१, ९७१२०५६३५२) ले पनि निरन्तर सहयोग र सहजीकरण गर्न सधैँ सक्रिय रहने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad