राजनीति


प्रधानमन्त्री शाहको बचाउमा उत्रिइन् बडीबिल्डर सांसद

प्रधानमन्त्री शाहको बचाउमा उत्रिइन् बडीबिल्डर सांसद

सांसद रजनी श्रेष्ठ


नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १४:१२, काठमाडौँ

खेलाडी पृष्ठभूमिकी सांसद रजनी श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गर्दै हिजोदेखि भइरहेको आलोचनाप्रति आपत्ति जनाएकी छिन्। मंगलबार संसदको शून्य समयमा बोल्दै उनले भनिन्, ‘हिजोदेखि हाम्रा सम्माननीय प्रधानमन्त्रीलाई आलोचना गर्ने काम भएको छ, यो काम तत्काल बन्द गरियोस्।’

खेलाडीको दुःखबारे ध्यानाकर्षण

खेल क्षेत्रमा राजनीतिकरण र आफन्तवादलाई बन्द गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छिन्। विश्व स्तरका प्रतियोगितामा सहभागी भइसकेकी बडीबिल्डर सांसद श्रेष्ठले देशको लागि पसिना बगाउने खेलाडी देशभित्र भविष्य नदेखेर विदेश पलायन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। 

‘हामीले ताली बजायौँ तर उनीहरुको पीडा कहिलै बुझेनौँ। न पूर्वाधार छ न समयमा पुरस्कार छ न भविष्यको सुनिश्चितता’, संसदमा बोल्दै उनले भनिन्, ‘यदि युवा देश निर्माणमा लागून भन्ने चाहने हो भने खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गरियोस्। खेलाडीलाई बीमा र रोजगारीको सुनिश्चितता गरियोस्।’

रजनी श्रेष्ठ राष्ट्रिय स्तर हुँदै दक्षिण एशियाली, एशियाली तथा विश्वस्तरका खेलमा सहभागी भएकी सांसद हुन्। नेपालमा बडीबिल्डिङमा धेरै पुरुष खेलाडी छन्। रजनी एक जना त्यस्तो खेलाडी हुन् जसले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदकहरु जितेकी छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad