राजनीति


एमाले सांसद् रामबहादुर थापाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले आदेश दिएपछि संसद्‍मा बिरोध

एमाले सांसद् रामबहादुर थापाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले आदेश दिएपछि संसद्‍मा बिरोध

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १२:४८, काठमाडौँ

एमाले सांसद रामबहादुर थापाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले आदेश दिएपछि संसद्‍मा हंगामा भएको छ। 

आजको संसद् बैठकमा रास्वपाका सांसद् मनिष खनालले एमाले सांसद थापाले मंगलबार संसद् बैठकमा दिएको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका थिए। 

त्यसपछि विपक्षी दलले विरोध गरेका हुन्। 

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका थिए।

अहिले संसद्‍मा सबै विपक्षी सांसद्ले उठेर विरोध जनाएका छन्। 

सभाभुख अर्यालले विरोध रोकेर संसद् बैठकलाई अघि बढाउनको लागि आग्रह गरिरहे पनि विपक्षी सांसदले मानेका छैनन्। 

एमाले उपाध्यक्षसमेत रहेका बादलले मंगलबारको संसद् बैठकमा नेपाली सेनाको चर्को आलोचना गरेका थिए।

त्यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले अदालत र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आलोचना गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad