श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधि सभाको बैठक छोडेर निस्केका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले नियमापत्ति गरेका थिए। उनले मंगलबार नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ बोलेका शब्दमा नियमापत्ति गरेका थिए। उनले रास्वपा र नेपाली सेनाको विषयमा बोलेको कुरा हटाउन आग्रह गरेका थिए।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले एमाले संसदीय दलका नेता बादलले बोलेका शब्द संसद्को रिकर्डबाट हटाउन आदेश दिएका थिए।
त्यसको विपक्षी दलहरूले विरोध गरेका हुन्। विपक्षी दलका सांसद उठेर विरोध जनाएका थिए। विपक्षी सांसदले विरोध गरिरहँदा सभामुख अर्यालले बोलिरहेका थिए।
विपक्षीको कुरा नसुनेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ संसद् बैठक छोडेर बाहिरिएका हुन्। उनीसँगै श्रम संस्कृति पार्टीका सांसद पनि बाहिरिएका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका सांसदले भने विरोध जनाइरहेका छन्।
Shares

प्रतिक्रिया